मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्याको आशंका गरिएका निलम्बित एसपी डिल्ली राज विष्ट लगायतको डीएनए मिलेन, कञ्चनपुर बासि थप आन्दोलित



१४, २०७५ आश्विन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्न भएको सर्बत्र आशंका गरिएका  निलम्बित एसपी डिल्लीराज        विष्टसहित एसपी विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट तीनै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।

एसपी विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ’भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको प्रतिवेदन आएको हो । प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै शंका गरेर परिक्षण गरिएको थियो । योसँगै निर्मला हत्या घटना थप पेचिलो बनेको छ । कञ्चनपुरसहित बिभिन्न जिल्लामा आन्दोलन सुरु भएको छ ।

 निर्मला हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिकको माग राख्दै कञ्चनपुर बासिन्दा निर्मलाको न्यायका लागि दवाबमूलक संघर्ष समिति बनाएरआन्दोलनमा उत्रीएका छन । घटना र घटना को छानबिन झन पेचिलो बन्दै गैरहेको छ ।

कञ्चनपुरस्थित राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायतले दवाबमूलक संघर्ष समितिमार्फत आइतबारबाट संयुक्त रुपमा विरोध कार्यक्रम आयोजना गरेका छन् । निर्मलाको हत्या भएको दुई महिना कटिसकेपनि सरकारले अपराधी पहिचान नगरेकाले पुनः आन्दोलन थालेको कञ्चनपुरस्थित राजनीतिक दल, अधिकारकर्मीहरुले ब ताएका छन ।

निर्मलाको घटनामा प्रहरीमाथि मात्रै होइन सरकारप्रति पनि स्थानीयको शंका छ । घटनाको अनुसन्धानमा प्रहरीबाट भएको त्रुटी र अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई कारबाहीको दायरामा नल्याइनुले पनि अपराधीको संरक्षणमा सरकार आफैँ लागेको  कञ्चनपुर  बासिहरुले ब ताउन थालेका छन ।

 

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  १ : ०४ बजे