मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यु–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तान बिरुद्द ब्याटिङ गर्दै



काठमाडौं ।

यु–१९ एसिया कप क्रिकेटमा नेपालले अहिले अफगानिस्तानसंग खेलिरहेको छ । बंगलादेशको  साभारमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

पछिल्लो ५ खेलको नतिजा हेर्दा नेपालले अफगास्तिानलाई हराउन सकेको छैन ।

तर भारतमा हालै भएको चार टिमबीचको प्रतिस्पर्धामा भने नेपालले एक खेल जितेको थियो भने एक खेल हारेको थियो ।

समूह ए को नेपालले यसअघि भारतसंग १९१ रनको विशाल हार बेहोरेको थियो ।

चौथो टिम युएई हो । युएईले पनि पहिलो खेल हारिसकेको छ । नेपाललाई सेमिफाइनल पुग्नका लागि अफगानिस्तानलाई हराउनै पर्ने दबाब छ ।

एसिया कपको समूह बी मा श्रीलंका, पाकिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ३ : ३९ बजे