पार्टीको विवादले बबण्डर मच्चिन थालेपछी सिंगापुर भ्रमण छोट्याएर मध्यरातमा नेपाल फर्किए प्रचण्ड



काठमाडौं असोज, १६–

पछिल्लो समय नेकपा भित्रको बिबादले उग्र रुप लिदै गैरहेको छ ।बरिश्ठ नेता माधव नेपालले अलग भेला गर्दै सरकारको तिब्र आलोचना गर्दै आइरहेका छन भने प्रधानमन्त्री ओलि झन कडा रुपमा प्रस्तुत भइरहेका छन ।

यसै बिच पत्नी उपचारका लागि सिंगापुरमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष गुपचुपमा मध्यराति स्वदेश फर्किएका छन् । पार्टीभित्रको आन्तरिक विवादले चरमचुलीमा पुगेर बबण्डर मच्चाइरहेका बेला अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका हुन् ।

सिल्क एयरको उडानबाट प्रचण्ड काठमाडौं ओर्लिएको नेकपाको सचिवालय जनाएको छ । प्रचण्डसँगै उनकी पत्नी र साथमा सिंगापुर गएका सबै फिर्ता भएका छन् । सिंगापुरमा सीता दाहालको उपचार भएको थियो ।काठमाडौंमा नेकपाभित्र विवाद बढेपछि प्रचण्डले आफ्नो भ्रमण छोट्याएर काठमाडौं आएको स्रोतको भनाइ छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अलग भेला राखेपछि तात्तिएको पार्टीभित्रको राजनीतिलाई मत्थर बनाउन प्रचण्डले आफ्नो सिंगापुर भ्रमण छोट्याएको चर्चा छ

 

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  ५ : ०४ बजे