कञ्चनपुर असोज, १६–
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै गरिएको कञ्चनपुर बन्दले जनजीवन अस्तव्यस्त बनेको छ ।
नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा राँके जुलुस लगाएत बिभिन्न आन्दोलन का कार्यक्रम निरन्तर जारी राख्दै मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ
संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ ।
बन्दकर्ता युवाले बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको हो । उनीहरूले स्थानीय एसटीएस टेलिभिजनको क्यामेरा समेत फुटाएका छन् ।
सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रप्रकाश जोशीमाथि समेत बन्दकर्ताले कुटपिट गरेका छन् ।
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट सहित तीन जनाको डिएनए रिपोर्ट आइतबार दिउसो सार्वजनिक भए पनि स्थानिय हरुले त्यस प्रती बिस्वास गर्न सकिरहीका छैनन ।
तीनै जनाको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग नमिलेको बताइए संगै नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघ झन आन्दोलीत बनेको हो । १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अपराधिलाई कार्बाही नभए सम्म आन्दोलन जारी राख्ने बिधार्थी नेताहरुले बताएका छन ।