काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएको छ ।
संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएपनि संविधान संशोधन तथा रेशम चौधरीलाई रिहा गरी सपथ खुवाउने काम हुन सकेन । राजापा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार ‘हामीले पटक–पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारेमा जानकारी गराएका हौँ । तर, वहाँले वास्ता गर्नुभएन ।’
आफ्नो माग प्रति सरकार उदासिन भएपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेका थियो । बैठकमा वर्तमान परिस्थितिमा सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको निश्कर्षमा नेताहरु पुगेका हुन् ।
केपी शर्मा ओली प्रधानन्त्री भएपछि राजपा नेपालले तीनपटक ज्ञापनपत्र बुझाई सकेको छ यद्यपि, अन्तिम पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रुपमै जानकारी गराउने सहमति नेताहरु बीच भएको हो । त्यसै अनुसार नै ज्ञापनपत्र बुझाउने तयारी भइरहेको र प्रधानमन्त्री देशबाहिर भएका कारणले ज्ञापनपत्र बुझाउन ढिलाई भएको बताउँदै प्रधानमन्त्री ओली फर्किने बित्तिकै ज्ञापनपत्र बुझाउने बैठकमा सहभागी एकजना अध्यक्ष मण्डलका सदस्यले बताए ।