मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई हरायो – नेपालले हात पार्यो रोमाञ्चक जित  



१६ असोज, काठमाडौं–

मंगलबार बंगलादेशको साभरमा समूह ‘ए’ को खेलमा नेपलाले यूएईलाई ३ विकेटले हराउदै एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ।

यूएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ५ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो। नेपालको जितमा रासिद खानले नटआउट २७ रन जोडे। उनले १४ बलमा ३ छक्का प्रहार गर्दा नेपालको जित सहज बनेको थियो। त्यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। उनले ८८ बलमा ९२ रनको योगदान दिए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।

सन्दीप जोराले बनाएको ६७ रन पनि नेपालको जितको आधार बन्यो। उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। नेपालका लागि कप्तान आसिफ शेखले ३५ रन र रित गौतमले १८ रन जोडे।

बलिङमा  यूएईका आरोन बेन्जामिन र आर्यन लक्राले २–२ विकेट लिए।

त्यसअघि यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बटुले। यूएईका लागि ओपनर फहाद नवाजले ८३ रन जोडे। उनका ओपनिङ जोडी अंश टन्डनले ६७ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले २० भन्दा कमको स्कोरमा आउट भएका थिए।

बलिङमा नेपालका नन्दन यादव,  रासिद खान र पवन सराफले २–२ विकेट लिए।

नेपाल र यूएई दुवै समूह चरणबाटै बाहिरिसकेका टिम हुन्। यसअघि नेपाल समूहको पहिलो खेलमा भारत र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  ११ : २५ बजे