बानेश्वरको संगम स्वीट्समा सरकारले लगायो ताला , अखाध्य मिठाइ बेचेको प्रमाणित



१६ असोज, काठमाडौं ।

काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्सले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा र  बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो ।

बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेर अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै रोक लगाएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  ११ : ४२ बजे