मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको यही ताल हो भने नेकपाकै कार्यकर्ताहरु सडकमा उत्रीने दिन आउन सक्छ ,कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको यही ताल हो भने कांग्रेसले मात्रै हैन नेकपाकै कार्यकर्ताहरु सडकमा उत्रीने दिन आउन सक्ने बताएका छन् । सरकारले शान्ति सुसासन् र स्थिरता दिन नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे

क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, देशमा शान्ती सुरक्षाको अवस्था यही हो ?’

दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे ।

महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनता मार्कामा परेको तर सरकारलाई कुनै मतलब नदेखिएको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  १ : १८ बजे