मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउँदा तेल जादा गाजा : नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी



१७ असोज, काठमाडौं–

नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ ।

नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।

ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ ।

तस्करीमा संलग्न रहेको अभियोगमा ट्याँकर चालक बाराको जितपुर सिमनाका ३८ बर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।

ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  ४ : ४० बजे