मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा नेपालकै सबैभन्दा बढी गर्भपतन



पोखरा ।

कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा देखिएकाे छ । एक अध्ययनका अनुसार कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्लामा परेकाे हाे ।

विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशकाे राजधानी रहेकाे कास्कीलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएका हुन् । गण्डकी प्रदेश र त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्क छ ।

परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४०स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उनकाे भनाई छ । उनले “कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् ।

बाँकी मात्रै गाउँका महिला सेवा लिन आउँछन्” भने । प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनी बताउँछन्

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  १ : ४८ बजे