मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस भातृ सँगठन नेबिसंघ को केन्द्रिय कार्यालयमा तालाबन्दी



काठमाडौं असोज, १८–

नेपाल बिधार्थी संघ को केन्द्रिय कार्यालयमा आजबाट तालाबन्दी गरिएको छ ।

अध्क्षयले बिधान अनुसार सँगठन नचलाएको र बिधान अनुसार हुनुपर्ने मनोनित नभएको भन्दै तालाबन्दी गरिएको हो । संघ को बिधानमा अध्यक्षले मनोनित गर्दा दलित बिधार्थी समुदायबाट एक जना मनोनित गर्नुपर्ने प्राबधान भयपनी दलित बिधार्थी को ठाउमा अरुलाई नै मनोनित गरिएकोले तालाबन्दी गरिएको संघका केन्द्रिय सदस्य पवन नेपालिले न्यु सन्चार लाई बताए ।

संघका सह-माहामन्त्री ललिता सुनार र केन्द्रिय सदस्य पवन नेपाली लगायतको उपस्थितिमा तालाबन्दी गरिएको हो । अध्यक्षले बिधान अनुसार गर्नुपर्ने मनोनित नसच्याएसम्म तालाबन्दी जारी राख्ने बिधार्थी नेताहरुले बताए ।

पछिल्लो समय माहाधिबेसन गर्नुपर्ने लगायतका अन्य कामहरु छोडेर नेबिसंघका नेताहरु गुट्गत अभ्यास र साङगठनिक झगडामा अल्मलिएको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  १ : ०४ बजे