मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधिक फोहोर गर्ने र अखाध्य मिठाई बेच्ने गौशालाका ब्यञ्जन र अन्नपूर्ण मिष्ठान्नमा शिलबन्दी



१९ असोज, काठमाडौं–

अत्याधिक फोहोर र गुणस्तरहीन खाद्यान्न बिक्री वितरण गरेको पाइएपछि काठमाडौंको गौशालास्थित ब्यञ्जन र अन्नपूर्ण मिष्ठान्न भण्डारमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले मिठाई पसलहरुमा आज गरेको अनुगमनका क्रममा साङ्ला लगायतका किराहरु समेत भेटिएपछि शिल गरेको हो ।

दुबै मिष्ठान्न भण्डारबाट बेच्न राखिएका बिभिन्न अखाध्य सामागृहरु पनि नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी गराएका छन । ब्यञ्जन र अन्नपूर्ण मिष्ठान्न भण्डारलाई न्यून गुणस्तरीय खाद्यान्न बेचेको अभियोगमा मुद्दा दायर गरिने बताइएको छ ।

विभागले ३ दिन भित्र कागजात सहित महाशाखामा उपस्थित हुन पनि दुबै मिठाई पसललाई निर्देशन दिएको छ ।

केहि समय एता सरकारले बजार अनुगमनलाई तीब्रता दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  ५ : ३० बजे