मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्याको घटनामा निर्मलाका मामा र नेपाली सेनामाथि अनुसन्धान गर : नेपाल मानव अधिकार संगठन



काठमाडौं असोज, १९–

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनामाथि पनि अनुसन्धान गर्नुपर्ने आबाज उठेको छ ।

नेपाल मानव अधिकार संगठनले घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै  पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

उनीहरु उपर ठोस र प्रभावकारी अनुसन्धान नभएको संगठनको भनाइ छ ।  मानव अधिकार संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सार्वजनिक गरेको छ ।

उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कारबाही गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  १० : ०६ बजे