मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतलाई हराउदै नेपाल साफ यू-१८ को फाइनलमा



काठमाडौँ —

भारतलाई हराउदै  नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार भएको सेमिफाइनलमा भारतलाई नेपालले टाइब्रेकरमा ३-१ ले पराजित गरी फाइनलमा स्थान बनाएको हो ।

चाङलिमिथाङ रंगशालामा नेपालका रश्मी कुमारी घिसिङले १५ औं मिनेटमा गोल गरेकी थिइन् । ६२ औं मिनेटमा भारतकी कप्तान समीक्षाले हेडरमार्फत बराबरी गोल फर्काइन् ।

नेपालका लागि गोलरक्षक अन्जना रानामगरले दुई प्रहार बचाइन् । नेपालका लागि पुजा रानाको प्रहार चुक्दा रेखा पौडेल, गोलरक्षक अन्जना र मनिषा राउतले गोल गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  २ : २४ बजे