आजबाट दशैका लागी नयाँ नोट साट्न पाइने



२१ असोज, काठमाडौं–

नेपाल राष्ट्र बैकले आजदेखि सर्वसाधारणका लागि दशैंलाई नयाँ नोट साट्ने भएको छ ।

केन्द्रिय बैंक, वाणिज्य बैंक तथा वित्तिय संस्थामार्फत सर्वसाधारणले नयाँ नोट साट्न पाउनेछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई यस अघी  नै नयाँ नोट उपलब्ध गराएको थियो ।

सर्बसाधारणले  आगामी २९ गतेसम्म नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ  ।

सर्वसाधारणले बढीमा २७ हजार रुपैयाँ साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ३ : ५७ बजे