मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सचिवालय बैठक अचानक स्थगित



काठमाडौं असोज, २१–

अन्तिम समयमा आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री ओली निकट एक नेताले दिएको जानकारी अनुसार दुवै अध्यक्ष व्यस्त भएका कारण बैठक स्थगित गरिएको हो ।
अध्यक्ष प्रचण्ड र ओली दुवै राष्ट्रिय सभा गृहमा पत्रकार शुभशंकर कँडेलको पुस्तक विमोचन कार्यक्रममा रहेका छन्।

कार्यक्रम ढिला भएका कारण बैठक स्थगित गरिएको उनले बताए।

नेकपाको सचिवालय बैठक एकतापछि पहिलोपटक धुम्बाराहीमा बस्ने तयारी थियो। बैठक भोलि बिहान ८ बजेका लागि डाकिएको छ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सचिवालयले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेकोमा असन्तुष्ट छन्। त्यस्तै, अर्का नेता नारायणकाजी श्रेष्ठले पनि प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  १२ : ५६ बजे