कलैयाका दुइ पेट्रोल पम्पमा सिलबन्दी



वीरगञ्‍ज-

कलैया उपमहानगरपालिका भित्र सन्चालित अमित आयल स्टोर र  विजय आयल स्टोरमा  कलैया-गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले सिल गरेको छ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा  विजय आयलको डिजलमा समेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको  र के कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार  १ : ३५ बजे