२४ असोज, काठमाडौं–
नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ ।
निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो ।
गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन् । त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो ।
त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ ।
त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो । गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन । सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ । एकजना ब्यक्तिको रहर पुरा गर्न सरकारले यत्रो रकम किन खर्च गर्दैछ भनेर सरकारको सर्बत्र आलोचना शुरु भएको छ ।