मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तितली आँधीले भारतमा हङ्गमा मच्चाउदै, १८ जिल्लामा जारी गरियो रेड अलर्ट



२५ असोज, काठमाडौं–

भारतमा आएको तितली आँधीले ओडिसा र आन्ध्रप्रदेशमा खतराको घण्टी बजेको छ ।

बंगालको खाडीमा बनेको दवावका कारण आएको तितली आँधीले भयावह रुप लिएको भन्दै सचेतना अपनाउन आग्रह गरिएको छ ।

ओडिसाको तटीय क्षेत्र गोपालपुरमा बढी खतरा देखिएको छ ।

थुप्रै रुखहरु ढलेका छन् । हावाको गति तीव्र भएकाले जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ भू–स्खलन पनि भएको छ । ओडिशा सरकारले १८ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

मौसम विभागले १६५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ६ : २६ बजे