काठमाडौं ।
नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको निधन शनिबार अपरान्ह खुमलटारस्थित आफ्नै निवासमा निधन भएको छ ।
बास्ताेलालाई बाँसवारी स्थित न्यूराे अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह ४ बजे उपचार सम्भव नरहेकाे भन्दै डिस्चार्ज गरेको थियाे ।
बास्ताेलाकी भान्जी पार्टी केन्द्रीय सदस्य सरिता प्रसाईले बास्ताेलाकाे निधन भएकाे बताएकी हुन ।
बास्ताेलालाई २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा अायाेजित बुन्धु भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेपछि मस्तिष्कघात भएको थियो। त्यस एता मस्तिष्कघातका कारण नेता बास्तोला ६ वर्षयता अर्धचेत अवस्थामा थिए ।
बास्तोला विराटनगरबाट आरएनएसीको विमान अपहरणमा वास्तोला पनि संलग्न थिए भने पार्टी स्थापना काल देखी नै राजनितिमा सम्लग्न थिय । बास्तोला पार्टीका पुराना र पार्टीलाई धेरै योगदान गरेका नेताका रुपमा चिनिने गरेका थिय ।