मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज चक्र बास्तोलाको अन्तिम श्रद्धाञ्जली सहित साँझ दाहसंस्कार गरिदै , कांग्रेसका पूर्व निर्धारित कार्यक्रम स्थगित



काठमाडौं असोज, २८–

शनिबार  निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि अहिले  नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको खुमलटारमा भीड लागेको छ ।

दिउँसो १ बजेसम्म बास्तोलाको पार्थिव शरीर खुमलटारमै राखिने छ त्यस्पछी कांग्रेस नेता  बाँस्तोलाको पार्थिव शरीरलाई आज अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको  कांग्रेस केन्द्रीय कार्यालय द्द्वार जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।  लण्डनमा रहेकी बास्तोलाकी छोरी ४ बजेपछि आउने भएपछि त्यसपछिमात्र पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

यसै बिच वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतङ्क तथा चाडपर्वको मुखमा भएको मूल्य वृद्धिको  बिरुद्द सरकारलाई  दवाव दिन नेपाली कांग्रेसले आज असोज २८ गते देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व परराष्ट्रमन्त्री  चक्रप्रसाद बाँस्तोलाको गए राति निधन भएको कारणले गर्दा हाललाई स्थगित गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।
 बास्तोला विराटनगरबाट आरएनएसीको विमान अपहरणमा वास्तोला पनि संलग्न थिए भने पार्टी स्थापना काल देखी नै राजनितिमा सम्लग्न थिय । बास्तोला पार्टीका पुराना र पार्टीलाई धेरै योगदान गरेका नेताका रुपमा चिनिने गरेका थिय ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतबार  ५ : ४४ बजे