शनिबार निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि अहिले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको खुमलटारमा भीड लागेको छ ।
दिउँसो १ बजेसम्म बास्तोलाको पार्थिव शरीर खुमलटारमै राखिने छ त्यस्पछी कांग्रेस नेता बाँस्तोलाको पार्थिव शरीरलाई आज अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालय द्द्वार जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । लण्डनमा रहेकी बास्तोलाकी छोरी ४ बजेपछि आउने भएपछि त्यसपछिमात्र पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।










