धनुषा असोज, २८–
पछिल्लो समय बलात्कारपछि हत्या तथा बलात्कारका घटना लगातार सार्वजनिक भैरहेका छन । यो क्रम घट्दो भन्दा बढ्दो क्रममा देखिन्छ । यसले हाम्रो समाज मा हुर्किदै गएको आपराधिक मानसिकतालाई देखाउछ ।यस्ता घटना किन बढीरहेका छन भन्ने गहन अनुसन्धान गर्न र अपराधिलाई कडा कानुनी कार्बाहिको दायरामा ल्याउन सरकारले बिषेश निती नै ल्याउनुपर्ने आवश्यकता देखिन थालेको छ ।
यसैबिच धनुषामा १० वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका–१ की मुनिषाकुमारी यादवको बलात्कारपछि हत्या भएको हो ।
मुनिषाकुमारी शुक्रबार पुजाको मेला हेर्न गएकी थिइन् । तर हालसम्म बेपत्ता रहेकी थिइन् । उनको शव खेतमा भेटिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखिया र औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पक्राउ परेका छन् । मुखियाले पैसा दिएर उनको बलात्कार गरेको प्रारम्भिक बयान दिएका छन् ।