मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले सधै गर्दै आएको चियापान यस पटक पछाडी सर्यो,चियापान कार्यक्रम कात्तिक १६ मा हुने



२९ असोज्, काठ्मान्डौ-

 बडादशैँ, दीपावली,  छठ लगायतका चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेसले  हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ ।

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले नेता बाँस्तोलाको निधन प्रती शोक ब्यक्त्त गर्दै काङ्ग्रेसले  चियापान कार्यक्रम पछाडि सार्ने तथा श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने   र कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने निर्णय भएको  केन्द्रीय सदस्य एबम पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले   बताए ।

यस अघी नै  पूर्व निर्धारित कार्यक्रमहरु बस्तोलाको निधनले हालालाइ स्थगित गरिएको काङ्ग्रेसले य बिज्ञप्तिमार्फत जनाएको थियो

असोज २७ गते राति निधन भएका  बास्तोला विराटनगरबाट आरएनएसीको विमान अपहरणमा  संलग्न थिए भने पार्टी स्थापना काल देखी नै राजनितिमा सम्लग्न थिय । बास्तोला पार्टीका पुराना र पार्टीलाई धेरै योगदान गरेका नेताका रुपमा चिनिने गरेका थिय ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  ४ : ४३ बजे