सारा र करण अभिनित ‘ए कान्छी’ सार्वजनिक , अभिनेत्री सारा ग्ल्यामरस अवतारमा (भिडियोसहित)



काठमाडौं –

अशोक सिवा र विशाल खतिवडाको शब्द तथा  अशोक सिवाकै स्वर रहेको ‘ए कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायतको अभिनय रहेको छ ।

भिडियोमा प्रदिप कुमार चौधरीको निर्देशन रहेको छ । नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय चौधरीको भिडियो निर्देशनमा यो डेब्यु हो ।

गीतको भिडियोमा अभिनेत्री सारा ग्ल्यामरस अवतारमा देखिएकी छन् ।

प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार  ७ : ०० बजे