मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशै शुरु भय सगै सुनसान उपत्यका



काठमाडौँ, असोज ३१

शाश्त्री य मान्यता अनुसार घटस्थापना देखी नै नेपालीहरुको माहान चाड दशै शुरु भएको मानिने भयता पनि फुलपातिको दिन देखी बिशेश गरेर दशै मनाउने हाम्रो सामाजिक चलन छ ।

यस सगै दशैको फुलपाति,माहाअष्टमी शुरु भय सगै यतिखेर काठमाडौं उपत्यका सुनसान भएको छ । राजाधानी बाहिर घर भएर बिभिन्न काम र पेशाले उपत्यकामा बस्ने तथा काठ्मान्डौमा पढ्ने बिधार्थीहरु सबै दशै मनाउन आ-आफ्नो घर फर्किने गर्दछन ।   दशैं मनाउनको लागि झण्डै २२ लाख भन्दा बढी यात्रु बाहिरिए सगै उपत्यका सुनसान भएको हो ।

महानगरीय ट्राफिक महाशाखा रामशाहपदथले दिएको जानकारी अनुसार पछिल्लो चार दिनको अवधिमा उक्त शंख्यामा यात्रुुहरु बाहिरिएका हुन ।

प्रहरीका अनुसार स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएका हुन । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज बुधबार पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।  दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने पन्तको भनाई छ ।

उपत्यकाबाट २२ लाख मानिस बाहिरिए पश्चात यतिखेर उपत्यका सुनसान बनेको छ । सडकमा नीजि बाहेक सार्वजनिक सवारी साधान एकदमकम छन भने अधिकांंस पसलहरु बन्द रहेका छन ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार  ८ : ४७ बजे