पोखरा।
चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकामा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेर शुरु भयको निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम सक्काउने लक्ष्यका साथ अघि बढिरहेको देशभर बिदा भए पनि समयमै काम सक्काउने लक्ष्यका साथ अघि बढिरहेको यस परियोजनाको काम रोकिएको छैन।
चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
निर्माण कार्यको गति योजना अनुसार अघि बढिरहेको र समयमा नै सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाका नेपाली परामर्शदाता कम्पनीका इन्जिनियार कमल कार्कीले जानकारी गराएका छन्।
निर्माणकार्यका क्रममा रन वेमा सब बेस बिच्छ्याउने, नहर निर्माण , माटो काट्ने काम लगायत समाग्रीहरुको प्रयोगशाला परिक्षणहरु गरिने कार्कीले जानकारी दिए।
बिजयादशमीको एकदिन काम बन्द हुने र चिनियाँ एवं नेपालीहरु मिलेर दशैं मानउने र चिनयाँहरुलाई दशैं र हाम्रो संस्कृतिका बारे जानकारि दिने योजना रहेको पनि कार्कीले जानकारी दिए।