हिमालय एअरलाइन्सले शुरु गर्‍यो काठमाडौं-चोङकिङ सिधा उडान , चिनले दियो उडान अनुमती



कार्तिक २,  काठमाडौँ —

चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गरेर हिमालय एयरलाइन्स चीनको हवाई बजारमा प्रवेश गरेको छ ।

नेपाल र चीन बिच को हवाई सम्झौतामा  नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न पाउने उल्लेख भय पनि नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।

नेपाल र चीन बिच को हवाई सम्झौता अनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।

सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएसगै चिनिया भुमिमा उडान अनुमती पाउने पहिलो नेपाली एयरलाइन्सका रुपमा चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गरेर हिमालय एयरलाइन्सले  चीनको हवाई बजारमा प्रवेश गरेको हो ।

सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।

हिमालय एअरलाइन्सले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । हिमालय एअरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको छ ।

 

प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार  ५ : ५९ बजे