मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीमा बिहानै सडक दुर्घटना, पाँचको जनाको मृत्यु, ५१ जना घाईते



४ कात्तिक्,कावासोती

सडक दुुर्घटनामा परी पाँच जनाको मृत्युु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज आईतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नंको बस बिहान पाँच बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै मृत्युु भएको हो । अझैसम्म पनि मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको खुल्न आएको छ । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको र दुर्घटनाको बारेमाथप बिवरण आउन बाँकी भएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  ४ : २८ बजे