मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डो ले बनाय युरोपिएन फुटबल मा नयाँ किर्तिमान



कात्किक ४, काठ्मान्डौ-

यस पटकको बिश्वकपमा राम्रो प्रदर्शन नगरेर केहि आलोचित बनीका पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ले युरोपिएन फुटबल मा नयाँ किर्तिमान बनाएका छन ।

पाँच पटकका फिफा वर्ष खेलाडीका रुपमा रहेका स्ट्राइकर रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन सिरिए अन्तर्गत शनिबार राति जेनोआसँग भएको खेलमा गोल गर्दै रोनाल्डोले यो सफलता हात पारेका हुन्।

 घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनाएको थियो। योसँगै रोनाल्डोले लिगमा ४ सय गोल पूरा गरे। उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट ८४, स्पेनिस ला लिग क्लब रियल मड्रिडबाट ३११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पूरा गरेका हुन्।

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  ५ : १२ बजे