मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक सन्धिबाट अमेरिका अलग्गिने , अस्त्र विकासको होडबाजी फेरि शुरू हुने खतरा



कात्किक ४, काठ्मान्डौ-

अमेरिकी  राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्।

सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिको रुसले ‘उल्लङ्घन’ गरेकोले अमेरिका उक्त सन्धिबाट पछी हट्न लागेको बताएका हुन ।

सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिले जमिनबाट ५०० देखि ५,५०० किलोमिटरसम्म मार हान्न सक्ने मध्यम-दूरीका क्षेप्यास्त्रको विकासमा प्रतिबन्ध लगाएको छ।

सन् २०१४ मा तत्कालीन अमेरिकी  राष्ट्रपति ओबामाले रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि मस्कोले आईएनएफको उल्लङ्घन गरिरहेको आरोप लगाएका थिए। हाल आएर भने ले  राष्ट्रपति  ट्रम्पले सो सन्धिबाट संयुक्त राज्य अमेरिकालाई अलग गराउने बताएका छन ।

यसै हप्ताको अन्त्यतिर  मस्कोमा हुने एउटा वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले आईएनएफ सन्धिबाट अमेरिका अगल भएको जानकारी गराउने समाचार बिबिसी अनलाईनले प्रकासित गरेको छ ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार  १२ : १२ बजे