चर्चित भारतिय संगीतकर्मी अनुमलिक यौन दुव्यवहारको आरोपमा इन्डियन आइडलको निर्णायक बाट निकालिए



कात्किक ४, काठ्मान्डौ-

अनुमलिक भारतिय संगीत उध्योगका पुराना र नामी संगीतकर्मी हुन ।पुराना हिन्दी सिनेमाहरुमा उनका सदाबाहार शैलिका थुप्रै गितहरु लोकप्रिय भएका थिय । अहिले सम्म पनि उनका धेरै गितहरु लोकप्रिय नै छन ।

तर एतिबेला तिनै अनुमलिक बिबादमा तानिएका छन । उनीमाथि यौन दुव्यवहारको आरोप लागेपछि लामो समय देखी उनि निर्णायक रहदै आएको रियालिटी शो इन्डियन आइडल अब उनले  छोड्नुपर्ने भएको छ ।

संगीतकर्मी अनुमलिक सन् २००४ देखि इन्डियन आइडलमा निर्णायक थिए।  इन्डियन आइडलका थुप्रै सिजनमा उनी निर्णायकको भूमिकामा देखिएका थिए।

हाल उनलाई चारजनाभन्दा धेरै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि उनलाई शोबाट निकालिएको  न्यूज एजेन्सी एएनआईले जनाइएको छ।

अनुमलिकलाई गायिका सोना महापात्रा र स्वेता पण्डित र अन्य दुइ महिलाले महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका हुन ।

पछिल्लो समय भारतिय फिल्म र संगीत उढ्योगभित्र भएका यौन दुव्यवहारका घटना सार्बजनिक गर्ने ट्रेन चलिरहेको छ । थुप्रै नायक तथा निर्माता, निर्देशक यौन दुव्यवहारका घटनामा बिबादित बनिसकेका छन ।

प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार  १ : ०९ बजे