मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको कृष्णनगरमा सोमबार पनि कर्फ्यू



५ कात्तिक, कपिलवस्तु ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना प्रकाशित गरी  जिल्लाको कृष्णनगरमा   सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ ।  कार्यालयले  मंगलबार विहान ६ बजेसम्मका लागि  पूर्वमा सेमरा गाउँ,  पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म   कर्फ्यू लगाएको हो ।

निषेधित क्षेत्रभित्र भेला हुन, आवतजावत गर्न र हुल हुज्जत जस्ता क्रियाकलाप नगरी घरमै बस्न प्रशासनले आग्रह गरेको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि आइतबार पनि  जिल्लाको कृष्णनगरमा साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार  ११ : ५८ बजे