बैङ्किङ क्षेत्रमा नेपालको प्रगति : देशभरिमा सत्ताइस सय ९१ वटा एटिएम र चार हजार माथि बैक तथा फाईनान्स सन्चालनमा



काठमाडौं, कार्तिक ६-

नेपालमा बैंक तथा फाईनान्सहरुको कुुल शाखा संख्या चार हजार भन्दा माथि पुुगेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार लघुबित्त संस्था बाहेक क, ख, र ग बर्गका बैंक तथा फाईनान्सको कुुल शाखा संख्या आर्थिक बर्ष २०७४—०७५ सम्ममा चार हजार दुुई सय दुुई वटा पुुगेको हो ।

राष्ट्र बैंकका अनुसार सो मध्ये २८ वटा बाँणिज्य बैकहरुको मात्र कुुल शाखा संख्या तीन हजार २३ वटा पुगेको छ । यसबाहेक राष्ट्रिय तथा क्षेत्रियस्तरका समेत गरी ३३ वटा बिकास बैंकहरुको कुल शाखा संख्या नौ सय ९३ वटा रहेको छ । यसबिचमा सञ्चालनमा रहेका २५ वटा फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ८६ वटा रहेको छ । देशको सबै क्षेत्रमा गरी अहिले ६३ वटा लघुबित्त बित्तीय संस्थाहरु सञ्चालनमा रहेकाछन । सो बाहेक बाणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुुल संख्या भने एक सय ५१ वटा रहेको छ ।

बैकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुुल एटिएम काउन्टरको संख्या भने दुुई हजार सात सय ९१ वटा पुगेको छ । सो मध्ये बाँणिज्य बैकहरुको मात्र दुुई हजार पाँच सय ५२ वटा एटिएम काउन्टर सञ्चालनमा रहेकाछन भने बिकास बैंकहरुको दुुई सय नौ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन ।

यसैगरी फाईनान्स कम्पनीहरुको कुुल एटिएम काउन्टरको संख्या भने ३० वटा रहेको छ । यसैगरी देशभर सञ्चालनमा रहेका शाखारहित सेवा केन्द्रको संख्या भने १२ सय ८५ वटा रहेकाछन । सो मध्ये बाँणिज्य बैकहरुको मात्र शाखारहित सेवा केन्द्रको संख्या १२ सय ८४ वटा रहेको छ भने बिकास बैकहरुको एउटा रहेको छ ।

यि बाहेक बैकिङ क्षेत्रमा कुुल शाखारहित सेवाग्राहीको संख्या भने एक लाख ३० हजार छ सय ६० रहेको छ । सो मध्ये बाँणिज्य बैकहरुमा एक लाख ३० हजार पाँच सय ३३ र बिकास बैंकहरुमा एक सय सात जना सेवाग्राही रहेकाछन । सञ्चालनमा नआएका बाँणिज्य बैकहरुको शाखारहित सेवा केन्द्रको संख्या भने  एक सय ८९ वटा पुगेको राष्ट्र बंैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार  ९ : २१ बजे