मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री नभए पनि अब छिटै मन्त्रीहरु परिर्वतन : नेकपा नेता देबेन्द्र पौडेल



६ कात्तिक, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री नभए पनि अब छिटै मन्त्रीहरु परिर्वतन हुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले एस्तो बताएका हुन । सरकारको काममा प्रभावकारिता नभएको भन्दै उनले अब बस्ने स्थायी समिति बैठकमा छलफल हुने र मन्त्रीहरु फेरिने बताए ।

त्यस्तै कांग्रेस नेता एनपी साउदले वर्तमान सरकार असफल भइसकेकोले देश गम्भिर जोखिममा रहेको भन्दै वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको र नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भीर आलोचना गर्न थालेको बताएका छन ।
सरकारले अहिलेसम्म राहतका काम पनि गर्न नसकेको उनको आरोप छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार  १२ : ०४ बजे