मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कोजाग्रत पुर्णिमा महालक्ष्मीको पूजा आराधना गरी मनाइदै, यस बर्षको दशै आजैबाट सकिदै



७ कात्तिक, काठमाडौं ।

यस बर्ष को दशै आजबाट बिधिवत रुपमा सकिदै छ । बिजाया दशमिको टिकाको दिन देखी कोजाग्रत पुर्णिमा अर्थात आज को दिन सम्म नै आफन्त र मान्यजन बाट टिका लगाउने चलन रहेको छ ।

कोजाग्रत पुर्णिमाको धार्मिक र पौराणिक रुपमा पनि बिशेश महत्व छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको पुर्निमको रातमा महालक्ष्मीको पूजा आराधना गरी रातभरी जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । को को जागा छन भनेर लक्ष्मी ले हेर्ने भएकोले कोजाग्रत पुर्णिमा नाम रहन गएको भन्ने सामाजिक मान्यता रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दशैँ पर्व आज माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेलेर रातभरी जागै बस्ने चलन समेत रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ३ : २७ बजे