मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग एकैपटक ५० प्रतिशतले बृद्दी



७ कात्तिक, काठमाडौं ।

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिंदै आएको सहयोग एकैपटक ५० प्रतिशतले बढाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताए।

बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका छन्। उनी एक उपरथी र एक उपसचिवसहित चीन गएका छन्। यो खबर आज बुधबार प्रकाशित ‘अन्नपूर्ण पोस्ट’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।चिनियाँ समकक्षी वाइ फेङ्गेको निमन्त्रणामा उनको चीन भ्रमण तय भएको हो।

एक सयभन्दा बढी मुलुकका सैन्य प्रतिनिधि सहभागी रहने उक्त फोरममा चीनले प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति चाहेको थियो।थापा प्रधानसेनापति भएपछि भ्रमणमा भन्दा आन्तरिक व्यवस्थापन र सुधारमा लागेकोले व्यस्तता देखाएर उपरथीलाई प्रतिनिधि पठाएका छन्।

‘चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्‍याएको हो,’ रक्षा सचिव विष्णु लम्सालले भने, ‘चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिका लागि आवश्यक सामाग्री हुन्। सिधा रकम उपलब्ध भने होइन।’बख्तरबन्द गाडी, सैन्य सामाग्री, ट्रक, क्रेनलगायत रहने रक्षा अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ३ : ४४ बजे