७ कात्तिक, काठमाडौं ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री केसव स्थापित दोषी प्रमाणित भए कार्वाही गर्ने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व मेयर रहिसकेका स्थापित यौन हिंसाको आरोपमा मुछिएपछि मुख्यमन्त्री पौडेलले त्यसको छानबिन भइरहेको बताए ।
मुख्यमन्त्री पौडेलले ‘सामाजिक संजालमा लागेका आरोपको आधारमा कार्वाही गर्ने भन्ने होइन, हामी पनि छानबिन गर्दैछौं, यथार्थ पत्ता लगाउँछौं, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ’ भनेका छन ।अनलाईन पत्रीका हाम्राकुराले प्रकासित गरेको समाचरामा उल्लेख गरिएको छ ।
उनले थपे, ‘पुरानो कुरा रैछ, त्यो पनि आधिकारिक हो वा आरोप लगाउन मात्र गरिएको हो यसबारे केही जानकारी छैन, छानबिन हुन्छ ।’
मुख्यमन्त्री पौडेलले यो आरोप बाहिर आइसकेपछि मन्त्री स्थापितसंग कुराकानी हुन नपाएको बताए । उनले भने, ‘दशैंका बेलामा म यता रहें, उहाँ उता रहनु भयो, कुराकानी हुन पाएको छैन, तर मेरो छिट्टै कुराकानी हुन्छ ।’
मीटु अभियान सशक्त हुँदै जाँदा आफूहरुले भोगेका यौन हिंसाका घटना सामाजिक संजालबाट व्यक्त गरिँदै जाँदा मन्त्री स्थापित पनि मुछिएका हुन् ।