७ कात्तिक, चितवन
यसअघि चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ तिर्दै आएकामा निकुञ्जले पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ ।
निकुञ्जका अनुसार अब निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिनुपर्ने भएको छ ।
निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्क वापत १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ राजश्व संकलन गरेको थियो भने अब राजस्व थप बृद्दी हुने देखिएको छ ।
निकुञ्जले बढाएको शूल्कको सौराहाका पर्यटन व्यवसायीहरुले बिरोध गरेका छन् । हठात रुपमा पूर्वजानकारी विना निकुञ्जले शुल्क वृद्धि गरेकोमा क्षेत्रीय होटल संघ सौराहाले आपत्ति जनाएको छ।
वेमौसमी ढंगले बढाइएको शुल्कले व्यवसायीहरुलाई मर्कामा पारेको संघको भनाइ छ । निकुञ्जले चार दशकदेखि प्रवेश टिकट बेच्दा पनि व्यवसायीहरुलाई उपभोक्ताको रुपमा नहेरेको यस अघी देखी नै ब्यबसायिहरुले गुनासो गर्दै आइरहेका छन ।