मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले जनताको आँखामा छारो हाल्ने भन्दा अरु केही पनि गर्न सकेको छैन-नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेल



७ कात्तिक, काठमाडौं-

नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरेका छन । उनले भने,‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन। यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन्।’

आयोजित साक्षात्कारमा बोल्दै उनले ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधिको फेहरिस्ता पेश गर्दै सरकारमाथी आरोपको बर्षा गरेका छन । प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र त्यसको असरले खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा मुल्य वृद्धि भएको
उनले बताए।

दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ।’नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए। उनले भने,‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ। निर्मला पन्तको बलात्कारप हत्या भएको यत्तिका दिन भयो। तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन। प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो। उनले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो।’

मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए। उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले। नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन्। त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ। ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन र पनि सरकार सम्बेदनसिल नभएको उनले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  १ : १६ बजे