मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकको नयाँ निर्देशिका : पुुस मसान्तभित्र बैंकहरुले उत्पादनुमलक क्षेत्रमा २५ प्रतिसत कर्जा प्रवाह गर्नुुपर्ने



काठमाडौं, कार्तिक ८

बैंकहरुले आगामी पुुस मसान्तसम्म उत्पादनुमलक क्षेत्रमा १० देखि २५ प्रतिसतसम्म कर्जा प्रवाह गर्नुुपर्ने भएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ अनुसार पुुस मसानतसम्म बाँणिज्य बैकहरुले न्युुनतम २५ प्रतिसत, बिकास बैंकहरुले १५ प्रतिसत र फाईनान्स कम्पनीहरुले न्युनतम १० प्रतिसत कर्जा उत्पादनमुुलक क्षेत्रमा प्रवाह गर्नुुपर्ने भएको हो ।

निर्देशिका अनुुसार बाणिज्य बैकहरुले कृषिमा १० प्रतिसत र ऊर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिसत कर्जा प्रवाह गर्नुुपर्ने छ । कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा न्यूनतम रुपमा पु¥याउनु पर्ने रकममा हुन आउने नपुग रकममा राष्ट्र बैंक ऐन, २०५८ को दफा ८१ बमोजिम उक्त बैंकले सो गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जाना लगाइने छ । यसरी हर्जाना लगाउँदा त्यस्तो नपुग रकमको त्रैमासिक रुपमा हुन आउने ब्याज रकम निर्धारण गरी सोही बराबरको रकम हर्जाना कायम गरिने छ, राष्ट्र बैंैकले एकीकृत निर्देशिका मार्फत भनेको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैकहरुको हकमा प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको २५ प्रतिशत नपुगेमा नपुग रकममा हर्जाना गणना गर्ने, कृषि, जलविद्युत÷उर्जा र पर्यटन गरी यस्तो क्षेत्रमा कुल २० प्रतिशत कर्जा प्रवाह नभएको खण्डमा नपुग रकममा हर्जाना गणना गर्ने, कृषि, जलविद्युत÷उर्जा र पर्यटन क्षेत्रमा क्रमशः १० प्रतिशत, पाँच प्रतिशत र पाँच प्रतिशत कर्जा लगानी नभएमा नपुगेको रकममा अलग अलग हर्जाना गरी कुल हर्जाना रकम गणना गर्ने, उपर्युक्त तीनवटै हर्जानामध्ये जुन बढी हुन्छ सो बमोजिम हर्जाना लगाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा छ महिना अघिको कुल बाँकी कर्जा तथा सापट (बिल्स खरिद तथा डिस्काउण्ट सहित) को आधारमा २०७५ असार मसान्तदेखि गणना शुरु गरी त्यसपछिको प्रत्येक त्रयमासमा अर्थात् असोज, पुस, चैत र असार मसान्तमा गणना गरिने एकीकृत निर्देशिकामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जाको लागि पनि युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नाउँमा आफ्नै संसथामा खाता खोलेर रकम जम्मा गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुसार यस अन्र्तगत बाँणिज्य बैकहरुले आफ्नो कुुल कर्जाको तीन प्रतिशत, बिकास बैकहरुले एक दसमलव पाँच प्रतिसत र फाईनान्स कम्पनीहरुले एक प्रतिसत रकम राख्नुु पर्ने छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले उपर्युक्त उल्लिखित रकमभन्दा बढी रकम उक्त खातामा जम्मा गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहिबार  ४ : ५८ बजे