ब्यापार युद्ध को परिणाम् : खरबौ डलरको क्षति



काठमाडौं, कार्तिक ८-

पछिल्लो समय अमेरिका र चीन बिच चलिरहेको ब्यापार युद्ध का कारण प्रबिधी क्षेत्रको ब्यापारमा खरबौ डलर गिरावट आएको छ ।

एक करोड डलरभन्दा बढी मूल्यांकन भएका १७०१ कम्पनीहरुको विवरण अनुसार उनीहरुको बजार मूल्य अक्टोबर १ मा ११६ खर्ब ४० अर्ब डलर रहेकोमा अक्टोबर २३ सम्म झरेर १०५ खर्ब ५८ अर्ब डलरमा आइपुगेको हो ।

उनीहरुको सेयर मूल्य सन् २०१३ को तुलनामा दोब्बर बनेको थियो । विशेषगरी फेसबुक, एप्पल, अमेजन, नेटफ्लिक्स र गुगलको सेयरमा भने यस महिनासम्ममा ३.५ गुणाले बढेको थियो ।

अक्टोबर महिनामा सेयरमा देखिएको गिरावट भने निकै ठुलो रहेको देखिएको छ । प्रविधिको क्षेत्रमा देखिएको कमजोर व्यापारिक नतिजा तथा आगामी दिनमा थप गिरावट आउन सक्ने भन्दै लगानीकर्ताहरु सशंकित देखिएको कारण यस किसिमको गिरावट देखिएको हो ।

अमेरिका र चीनले एकअर्कामाथि गरिरहेको कर बृद्धी को कारण प्रविधिको क्षेत्र समस्यामा परेको हो । गत मार्च महिनादेखि चीन र अमेरिकाको बीचमा यस किसिमको समस्या देखिँदै आएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहिबार  ७ : ४० बजे