८ कात्तिक, काठमाडौं ।
नेपालले साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गर्दै माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टी लाई गोलामा परिणत गर्दै नेपाल ले अग्रता लिएको हो ।
नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे ।
त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बि मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।