मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन तिहार र छट पछी मात्रै खुल्ने



कात्तिक ९,काठ्मान्डौ-

यातायात व्यवस्था विभागले दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन छठ पछि मात्र खुलाउने भएको छ।

विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।

नयाँ आवेदन नखुले पनि रिट्रायल भने तिहार अघि नै खोल्ने तयारी भएको विभागले जानकारी दिएको छ ।

रिट्रायल केही दिनमा सुरू गर्ने तर नयाँ आवेदन फारम भने छठपछि मात्र लिने तयारीभइ रहेको विभागले जानकारी दिएको छ ।

तेस्तै विभागले माग धान्न सक्ने गरी स्मार्ट लाईसेन्स छाप्ने काम पनि अघी बढाइ रहेको जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  ६ : ३७ बजे