कात्तिक, १० काठमाडौं-
नेपाल तरुण दलले आफ्नो ६५ औँ स्थापना दिबस्को अवसरमा आज पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी रहेका काङ्ग्रेस सभापति शेर बहादुर देउबाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा नल्याइ दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन सरकार लागिपरेको बताएका छन । घटना भएको यत्रो समय बितिसक्दा पनि दोशी पत्ता लगाउन नसक्ने सरकारको लाचारी भएको बताउदै शभापती देउबाले अपराधिलाई सरकारको सरक्षण गरिरहेको छ हैन भने राज्य लाग्दा एउटा अपराधी पत्ता नलाग्ने कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन । उनले दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइ देशमा न्यायको प्र्त्याभुत गराउन सरकारसग माग गरेका छन ।
तेस्तै कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता र विकासका लागि अहिलेको सरकार बाधक रहेको भन्दै सरकारले गरिरहेको भ्रश्टाचार् , अनिमियतता र सरकारका अलोक्तान्त्रीक गतिबिधिहरुको भन्डाफोर गर्न देशैभरका तरुणहरुलाई आग्रह गरे ।
संस्थापक नेता बिपी कोइरालाले युवाहरुलाई सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना गर्नुभएको थियो।
विसं २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहनु भएका बखत राजा महेन्द्रले शैनिक शक्तिका भरमा ‘कू’ गरी तत्कालीन प्रधानमन्त्री बिपी कोइराला पक्राउ पर्नुभएको थियो ।
त्यहिबाट नै निरङ्कुस पन्चायती ब्यबस्था शुरु भएको थियो ।
त्यस यता भएका हरेक राजनितिक आन्दोलन र सामाजिक कामहरुमा तरुण दल सकृय हुँदै आएको छ ।