मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ को सरकारले स्थायी राजधानी र नामको टुंगो लगाउन बनायो आयोग



११ कात्तिक, जनकपुरधाम –

प्रदेश २ को सरकारले  राजधानी र नामको टुंगो लगाउन आयोग गठन गरेको छ ।

राजधानी र नामको टुंगो लगाउन ढिलाई हुँदा जन दबाब बढ्दै गयपछी प्रदेश २ को सरकारले आयोगमार्फत राजधानी र नामको टुंगो लगाउने  भएको हो ।

 

प्रदेशको नाम र राजधानी तय गर्न आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो ।

यस आयोगका सदस्यहरुमा मोहलाल चौधरी र रामप्रवेश बैठा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । आयोगले प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा पाएको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय लिने जनाइएको छ । आयोगले प्रदेशका विभिन्न जिल्लामा सर्वेक्षण गरि  ४५ दिन भित्र बनाएको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार  १० : ५८ बजे