काठमाडौं कात्तिक, १२–
प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जले सूचना जारी गरेको छ ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।