मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू–१५ : समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा



कार्तिक १२, काठ्मान्डौ-

 साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । सग सगै बङ्गलादेश सगको खेलमा हार भए पनि नेपाल पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको थियो ।  नेपालले ३६ औं मिनेटमा बराबरी गोल फर्कायो । नेपालका राकेश विश्वकर्मालाई बङ्गलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बूले सहजै गोल गर्न सफल भए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यस जीतसँगै छ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  २ : ३९ बजे