काठमाडौं कात्तिक, १३–
सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न संलग्न चिकित्सकका अनुसार यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
मंगलबार बिहान प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।
सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’
स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ ।
डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई सुरुमा मुटुको समस्या छ कि भनेर शंका गरिए पनि त्यस्तो छैन । डा. सायमीले भने, ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । यसैगरी सुधार हुँदै गयो भने हामी एकदुई दिनमा बालुवाटार फर्काउन सक्छौं ।