मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले गरे अस्पतालमै मन्त्रीहरुसँग बैठक, यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था



काठमाडौं कात्तिक, १४–

अस्वस्थ भएर अस्पतालमा उपचाररत  प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै काम थालनी गरेका छन् ।
प्रधानमन्त्रीको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् ।
‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’

अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको बताए । एन्टिवायोटिकको कोर्ष एक÷दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार  ७ : १७ बजे