काठमाडौँ-
बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।